Sound Healing Association Nepal (SHAN)
साउन्ड हिलिंग एसोसिएसन नेपाल (SHAN)
उद्देश्यहरू
- प्राचीन ध्वनि चिकित्सा प्रवर्द्धन तधा एकरूपता कायम गर्ने!
नेपालमा जगेर्ना भएको परम्परागत ध्वनि चिकित्सा (Sound Healing) लाई सुरक्षित राखी विश्वभर प्रचार-प्रसार गर्ने र ध्वनि चिकित्सामा एकरूपता कायम गर्ने!
- अध्ययन र अनुसन्धान तथा यस व्यवसायको हक हीतको लागी संगठीत रूपमा काम गर्ने!
ध्वनि चिकित्सा सम्बन्धी वैज्ञानिक अनुसन्धान, अध्ययन–अध्यापन तथा प्रकाशनलाई प्रोत्साहन गर्ने र यस व्यवसायको हक हीत को लागी संगठीत रूपमा काम गर्ने!
- प्रशिक्षण र क्षमता विकास
विद्यार्थी, चिकित्सक, अनुसन्धानकर्ता तथा साधकहरूलाई ध्वनि चिकित्सा सम्बन्धी तालिम, कार्यशाला र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने।
- स्वास्थ्य र चेतना जागरण
ध्वनि उपचारमार्फत शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्यमा योगदान पुर्याउने।
- अन्तर्राष्ट्रिय सञ्जाल विस्तार
ध्वनि चिकित्सा अभ्यासकर्ताहरू, अनुसन्धानकर्ताहरू तथा संस्थाहरूसँग अन्तर्राष्ट्रिय स्तरमा सहकार्य र आदान–प्रदान गर्ने।
- सांगीतिक सम्पदा संरक्षण
नेपाली सांगीतिक परम्परा, वाद्ययन्त्र र ध्वनिका माध्यमबाट उपचारक ज्ञानलाई संरक्षण र प्रवर्द्धन गर्ने।
- सामाजिक सेवा र चेतनामूलक अभियान
समाजमा स्वास्थ्य, शान्ति र सौहार्द स्थापना गर्न ध्वनि उपचार सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।